Popular social activist Jwala Sangraula arrested

लोकप्रिय सामाजिक अभियान्ता ज्वाला संग्रौला पक्राउ,युवापुस्ता सरकारप्रति आक्रोशित

National News News

The Mirror Desk

अभद्र व्यवहार गरेको आरोपमा लोकप्रिय सामाजिक अभियान्ता ज्वाला संग्रौला पक्राउ परेकी छन्। उनीसंगै हिमाल उपाध्याय र शर्मिला बाइबा पनि पक्राउ परेका छन।

खुस्बु घिमिरेले अभद्र व्यवहार गरेको आरोपमा उजूरी गरेपछि प्रहरीले ज्वाला संग्रौला सहित उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेत जानकारी दिए। बस्नेतका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भैसकेको छ।

उनीहरुबिरुद्ध खुश्बु घिमिरेले आफूलाई कुटपीट गरेको भन्दै किटानी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केही दिन अगाडि प्रहरी सहायक निरीक्षक मणिकान्त झाको विरुद्ध रङ्गभेदी अभिव्यक्ति दिएको भन्दै ज्वाला संग्रौलाको विरोध भएको थियो। उनीहरुविरुद्ध मधेसी आयोगमा पनि बुधबार उजूरी परेको थियो।

सामाजिक अभियान्ताको बनेर उनीहरुले निकै राम्रो काम गरिरहेका छन। संग्रौलाले थुप्रै गरिब र अशक्तहरुको सेवामा दिन रात बिताइसकेकी छन।

यसै क्रममा उनलाई पक्राउ गरेको भन्दै स्वतन्त्र नागरिक र युबापुस्ताले सरकारको रबैयाको आलोचना गरेका छन। उनको पक्राउले सरकार र भ्रस्टहरु आत्तिएको पनि युवाहरुले आरोप लगाएका छन।

उनको पक्राउले सरकार र भ्रस्टचारका नाइकेहरु आत्तिएको भन्दै युवाहरुले सरकार प्रति आक्रोश ब्यक्त गरेका छन। उनलाई तत्काल रिहाइ गर्न पनि सरकार प्रति चौतर्फी आबाज उठिरहेको छ।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *