लोडसेडिङको अन्त्य अरु कसैले होइन प्रचण्ड र जनार्दनले गरेका हुन्:- वर्षमान पुन

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहको जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व उर्जामन्त्री बर्षमान पुनले लोडसेडिङ टोपबहादुर रायमाझीले नभई प्रचण्ड र जनार्दन शर्माले अन्त गरेको बताएका छन्। उनले भने, ‘लोडसेडिङको अन्त्य कसरी र कस्को पालोमा भयो भन्ने सबैले बुझिसकेको कुरा हो, मैले लोडसेडिङ अन्त्य गरे भन्दै भाषण गर्नु पर्ने होइन’। अहिले विद्युत उत्पादन बढीरहेको समयमा समेत लोडसेडिङ हुनु दुखद् भएको पनि बताएका छन्। उनले जनार्दन शर्मा उर्जामन्त्री भएको बेलामा कुलमानको नियुक्त भएकोले लोडसेडिङ अन्तको श्रेय कुलमानलाइ नभई प्रचण्ड र जनार्दनलाइ जाने पनि बताए। उनले जनार्दन शर्मा उर्जामन्त्री भएको बेलामा कुलमानको नियुक्त भएकोले लोडसेडिङ अन्तको श्रेय कुलमानलाइ नभई प्रचण्ड र जनार्दनलाइ जाने पनि बताए।

एक फरक प्रसंगमा, उनले प्रधानमन्त्रीको कदम राजा महेन्द्र र ज्ञानेन्द्रको भन्दा पश्चगामी रहेको बताए। ओलीले भएको दुईतिहाई र स्थाई सरकार ढालेर स्थायित्व र ताजा जनमतको कुरा गर्न नसुहाउने उनको भनाई छ। पुर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको हुकुमी सासनका कारण यो अवस्था आईपुगेको बताईन्।

[ref-nagarik]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *