The Mirror
नेपाल भारत सीमामा तारबार लगाएर चर्चामा आएका ठोरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष चुनावमा पराजित भएका छन।
माओवादीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका उनलाई एमालेका शम्भु खड्काले पराजित गरेका हुन।
लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमामा काँडेतार लगाउन माग भइरहेको बेलामा उनले २०७४ सालदेखि ४ वर्ष लगाएर विकास बजेट कटौती गरेर सीमामा तारबार लगाएका थिए। उनले २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए।
विजयी भएको पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र तेस्रो वर्ष ८ लाख रुपैयाँ बजेट छुट्याएर तारबार लगाएका थिए।
उनले ठुटे खोलादेखि ब्रह्मनगरसम्मको पाँच किलोमिटरमा तारबार लगाएका थिए तर उनको यो प्रयासलाई जनताले अनुमोदन गरेर चुनाव भने जिताएनन।
उनलाई सलाम छ।
हेर्नुहोस यो भिडियो जहा उनले गरेको शाहस र हिम्मत र उनले किन यस्तो कदम चाले भनेर स्पस्ट पारेका छन।
हेर्नुहोस यो भिडियो…
अन्तमा यो पनि…