‘वामदेव रिसाए, केपी ओलीसँग मिल्ने र सहकार्य गर्ने सबै सम्भावना समाप्त भयो’

National News News

The Mirror Desk,

काठमाडौँ, पूर्व एमाले र माओबादी पुनर्स्थापना भएपछी फेरि राजनीतिक माहोल बिग्रिएको छ। प्रधानमन्त्रीले एकतर्फी रुपमा आफ्नो संगठनको पुनर्गठन गरेपछि ‘नेपाल-खनाल’ समूह आक्रोशित भएको छ। ओलीले सो समुहको सबै नेताहरुको जिम्मेवारी खोसेर माओबादीबाट एमालेमा आएका बादल समुहलाई निकै सम्मानजनक स्थान दिएका छन्।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीको एकल निर्णयपछि तत्कालिन एमाले उपाध्यक्ष वामदेव गौतमले केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका छन्।

उनका प्रेस सल्लाहकारका अनुसार गौतमले अब ओलीसँग मिल्ने र उनीसँगै जाने सबै सम्भावना सकिएको बताएका छन्। ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’ गौतमको आधिकारिक धारणा भन्दै प्रेस सल्लाहकार सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्।

केही समयअगाडि प्रधानमन्त्री ओलीले माधब समुहलाई थाहै नदिए एकलौटी ढंगबाट अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई खारेज गएका छन्। उनले माओबादी बाट आएका बादल समुहलाई निकै सम्मानजनक पद दिएका छन्।

यस बिषयमा धारणा बनाउन नेपाल समुहको आकस्मिक बैठक बसिरहेको छ। अपडेटको लागि हामी संगै रहनुहोला।

[ref-Nmedias]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *