विनयजंगमाथि अनुसन्धान पुरा,पाँच वर्षसम्म कैद र एक लाखसम्म जरिवाना माग

National News News

The Mirror Desk,

काठमाडौँ, म्याग्दीकी सपना रोका मगरलाई ब्ल्याक मेलिङ्ग गर्ने विनयजंग बस्नेतमाथि प्रहरीले अनुसन्धान पुरा गरेको छ। अनुसन्धान सकेर रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।उनले युट्युबमा सपनाका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि सपनाले जाहेरी दर्ता गरेकी थिइन्। विनयजंगलाई प्रहरीले फागुन ४ गते काठमाडौँबाट पक्राउ गरेको थियो।

अनुसन्धानको लागि प्रहरीले उनको फोन इलेक्ट्रोनिक फोरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट आएको रिपोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसार प्रमाणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको थियो।

विनयजंगलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म जरिवाना वा दुबै सजायको मागदाबी र अभद्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवानाको मागदाबी गरिएको प्रहरीले जानेको छ।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्।

सपनाले अहिले आफ्नै नामको संस्था पनि दर्ता गराइसकेकी छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले ‘सपनाको चाहना: समृद्ध नेपाल’ नामक संस्था दर्ता गरेकी छन्।

[ref-setopati]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror


“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *