विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा

National News News

The Mirror Desk,

बाग्लुङ्ग, म्याग्दीकी सपना रोका मगरलाई ब्ल्याक मेलिङ्ग गर्ने विनयजंग बस्नेत धरौटी बुझाएर छुटेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनीमाथिको अनुसन्धान सकेर मंगलबारमात्रै रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको थियो। प्रहरीले बस्नेतमाथि अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गरेको थियो।

उनले एक युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए। त्यसपछि सपनाले परिसरमा जाहेरी दर्ता गरेकी थिइन। बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेको थियो।

प्रहरीले उनको फोन इलेक्ट्रोनिक फोरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट आएको रिपोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसार प्रमाणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको थियो।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्।

[ref-setopati]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *