विनयजङ्ग बस्नेत विरुद्ध सपनाको जाहेरी, उनलाई पक्राउ गर्ने तयारीमा प्रहरी

National News News

The Mirror Desk,

काठमाडौँ, केहि समय यता निकै बिबादित बनेको सपना र विनयजङ्ग को सम्बन्धले नयाँ मोड लिएको छ। बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै सपनाले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी छन्। सपनाको उजुरी दर्ता भैसकेको छ। प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको कुरा काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

सपना रोका मगर विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी थिइन्। काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्का लाई बाबु-छोरीका रुपमा चिनाउँदै आएका थिए। विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो। विनयजङ्ग बस्नेत अहिले काठमाडौं बाहिर भएको बुझिएको छ। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *