‘विप्लब काठमाडौँ आइपुगे, केहि छिनमा सार्बजनिक हुने’

National News News

S.THAPA,KTM,

काठमाडौँ, नेपाल सरकार र नेकपा बिप्लव समूह बीच तिन बुदे सहमति भएको छ। सरकारसँगको वार्तामा विप्लव समूहले हिंसात्मक राजनीति छाडेर शान्तिपूर्णं राजनीतिमा प्रवेश गर्ने प्रतिबद्धता जनाएको छ। सरकार र विप्लव समूहबीच बुधबार दुई चरणमा र आज (बिहिबार) एक चरणमा वार्ता भएको थियो। सरकारले थुनामा हरेका विप्लव समूहका सबै कार्यकर्ताको मुद्दा फिर्ता लिएर रिहा गर्ने भएको छ।

यसै क्रममा सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक हुने भएका छन्। सहमति अनुसार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएपछि उनि सार्बजनिक हुन लागेका हुन्। राष्ट्रिय सभागृहमा विशेष समारोह लाई शुक्रबार दिउँसाे २ बजे प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ।

यसै क्रममा दुई वर्ष लामो भूमिगत जीवन त्यागेर विप्लव पहिलोपटक सार्वजनिक हुन लागेका हुन्। विप्लव शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक हुने तय भएको सो समूहका प्रवक्ता एवं सरकारसँग वार्ता गर्न गठित टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले जानकारी दिए। उच्च श्रोतका अनुसार विप्लव काठमाण्डु आइसकेका छन्।

बिप्लाबको लागि सरकारले हेलिकोप्टरको ब्यबस्था गरे पनि उनले आफु हेलिकोप्टरमा नगई गाडीमै जान चाहेको बताएको खबर बाहिर आएको छ। यो बिषयमा दुवै पक्षबाट आधिकारिक बिचार आएको छैन।

अन्तमा यो पनि हर्नुहोस है
MCC ठिक छ, हामी पारित गरेर देखाईदिन्छौ:- रामकुमारी झाक्री

यो भिडियो हेरेपछि कमेन्टस बक्समा ‘BACK OFF MCC’ लेखेर MCC बिरुद्ध एक हौउ

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *