biplop

विप्लवको नेकपा द्वारा एमसीसी विरुद्ध भिषण आन्दोलनको घोषणा

Breaking News National News News

The Mirror Desk

नेत्रविक्रम चन्दको पार्टी (नेकपा) ले एमसीसी विरुद्ध भिषण आन्दोलनको घोषणा गरेको छ। मंगलबार नेकपा केन्द्रीय कार्यालयले एमसीसी विरुद्ध आन्दोलनको घोषणा गरेको हो।

पार्टीको केन्द्रीय कार्यालयले जनाए अनुसार यही भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम रहेको छ। कार्यक्रमको तालिका अनुसार बुधबार देशव्यापी कोणसभा र २५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, २६ गते एसीसी सम्झौता जलाउनुका साथै साथै २७ गते सिट्ठी जुलुस गर्ने तथा एमसीसीका बेलुन उडाउने रहेको छ।

सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्ने षड्यन्त्र गरेको र राष्ट्रियतामाथि घात र वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि क्रान्तिकारी शक्ति आन्दोलित बनेको ‘विप्लव’ नेतृत्वको पार्टी नेकपाले जनाएको छ।

एमसीसी किन राष्ट्रघाती छ? लिलामणि पोखरेलको यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *