Dharmendra bastola hemantaprakash oli

विप्लवद्वारा नेताहरू बास्तोला र वली माथि कारबाही, अराजक भएको आरोप [विज्ञप्ति सहित]

National News News

The Mirror

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई पदमुक्त गरेका छन। उनले बास्तोला र वलीलाई फुटपरस्त गतिविधि गरेको आरोप लगाउदै उनीहरुलाई पदमुक्त गरेका हुन।

विप्लवले जारी गरेको विज्ञप्तिमा दुवै जनालाई अनिश्चितकाल सम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ।

विप्लवले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ’।

विप्लवले भनेका छन, ‘कारबाही बाध्यता हो, हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ’।

हालै हेमन्त प्रकाश वलीले एक टेलिभिजन अन्तरवार्तामा विप्लवले विभिन्न संस्थामा लगानी गरेको र विलासी जीवनशैली अपनाएको आरोप लगाएका थिए।

बास्तोलाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनीयुक्त वक्तव्य निकालेका थिए।

विप्लवले जारी गरेको विज्ञप्ति…

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *