K.PANTA,KTM
काठमाडौँ, विप्लवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खटाएका नेपाल कम्युनिस्ट पार्टीका नेताहरुमार्फत् पार्टी महासचिवको प्रस्ताव गरिएको छ। उनी ओली समूहको नेकपासँग एकीकरण गर्न आएमा महासचिव देखि उपप्रधानमन्त्रीसम्म बनाउने प्रस्ताव पुगेको हो। त्यसबारे विप्लव पक्षबाट भने कुनै जवाफ आएको छैन।
केहि समयदेखि दुवै पक्ष निकै नरम हुदै आएका छन्। नेत्रविक्रम चन्द विप्लवले एकपछि अर्को आश्चर्यचकित पार्ने कदमहरु चाल्ने संकेतहरु मिलेको छ। ओली सरकारले कठोर नीति लिएपनि विप्लव वार्ताका लागि तयार हुनुमा कुनै खास राजनीतिक प्रस्तावले पनि काम गरेको छ भनेर अनुमान गर्न सकिन्छ।
जनयुद्ध लड्दाका तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट दूरी राखेर विप्लव ओलीसँग नजिकिनुलाई चासोका साथ हेरिएको छ। विप्लव शासकीय स्वरुप समेत फेर्नुपर्ने पक्षमा छन्। ओलीको पछिल्लो भूमिका त्यसैतर्फ हुने संकेतहरु मिल्न थालेको छ। उनले ८ फागुनमा अकस्मात् प्रेस विज्ञप्ति जारी गरी सरकारसँग संवाद र वार्ताका लागि तयार रहेको बताएर धेरैलाई आश्चर्यचकित पारेका थिए।
२० माघमा खानेपानीमन्त्री मणि थापाले नख्खु कारागार पुगी विप्लव पक्षका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका थिए। सुदर्शन भनिने ओलीसँगको भेट वार्ताको वातावरण बनाउने उद्देश्यले थियो। यो भेटले पनि वार्ताको माहोल तयार गर्न भूमिका खेल्यो।

[ref-reporters nepal]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons