विप्लवले फर्काइदिए सुरक्षाकर्मी,भन्छन,’जनतामा छु मलाई किन चाहियो सुरक्षा’

National News News

The Mirror Desk,

काठमाडौँ, नेकपाका महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आफू नेता कार्यकर्ता र जनता संगै भएकोले सरकारी सुरक्षा आवश्यक नरहेको भन्दै फिर्ता पठाएका छन्। उनको यो सराहनीय कार्यको चौतर्फी प्रसंसा सुरु भएको छ। सरकार र विद्रोही नेकपा विच सहमति भएपछि गतहप्ता नवलपुर बाट सार्वजनिक भएका विप्लवलाई प्रहरीले स्कट्ङी गर्दै काठमाडौ पुर्याएको थियोे।

प्रहरीले विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा टोली खटाएको थियो भने उनको लागि अगुवा गाडी पनि उपलब्ध गराएको थियोे।

सरकार र नेकपा विच तिन बुदे सहमति भए पश्चात् विप्लव राजनीतिक भेटघाट एवम् पार्टी संगठनका काममा सक्रिय हुदै आएका छन्।यसैक्रममा पार्टी निकट महिला संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका विप्लवले त्यहाँ बाट सुरक्षा फिर्ता गरेको जनाइएको छ।

विप्लवले ‘जनताको विचमा छु,मलाई त्यस्तो छुट्टै सुरक्षा चाहिदैन्,तपाईंहरूलाई धन्यवाद’ भन्दै फिर्ता पठाएको जनाइएको छ। सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका थिए। उनको यो कदमको चारै तिरबाट निकै प्रशंसा गरिएको छ।

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *