‘विप्लव अन्तत मेरै लाइनमा आए, अब छिट्टै मेरो पाटीमा प्रवेश गर्छन’:-प्रचण्ड

National News News

The Mirror Desk,

काठमाडौँ, विप्लब माओबादी र नेपाल सरकार बीच सहमति भएको छ। सहमति अनुसार सरकारले उनीहरुका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाई र मुद्दा फिर्ता गर्नुपर्ने छ भने उनीहरुले हिंसा परित्याग गरी शान्तिपूर्ण रुपमा आफ्ना गतिबिधि गर्न पाउने छन्। यो अहिले सबैको चासोको बिषय बनेको छ।

यसै क्रममा जनयुद्धमा लामो समय संगै रहेर काम गरेका प्रचण्डले अन्तत विप्लब पनि हिंसात्मक गतिविधिबाट आफ्नो शान्तिको राजनीतिक लाइनमा आएको दाबी गरेका छन्।

‘प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ आफूले कोरेको गोरेटोमा आएको भन्दै बधाई दिएका छन्। पेरिसडाडाँमा शनिबार सो पार्टीको एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले भने,’छिट्टै उहाँलाई यस्तै कार्यक्रममा स्वागत गर्न चाहान्छु, जहाँसम्म मैले उहाँलाई चिनेको छु, उहाँ यही ठाउँमा, यही टिममा, आउनैपर्छ, यो कुरा मैले धेरै पहिले भनेको थिएँ। अर्को प्रचण्ड हुँदैन भनेर भनेको थिएँ, अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो। त्यसकारण पनि म उहाँलाई धन्यवाद भन्न चाहन्छु’। उनले नेकपा अहिलेको आधिकारिकता, वैधानिक पार्टी भएको जिकिर गरे।

[ref-RNepal]

अन्तमा यो पनि…

माओबादी जनयुद्धमा अलकाइदाले हतियार त तालिम दिन्थे

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *