विप्लव माओबादी द्वारा शिक्षकको घाँटी रेटेर हत्या र हत्याको जिम्मा

National News News

काठमाडौँ, दश बर्षे द्वन्दको झल्को दिने गरि विप्लब माओबादि द्वारा एक शिक्षकको घाँटी रेटेर निर्मम तरिकाले हत्या भएको छ। मोरङको एकदमै बिकट क्षेत्र मिक्लाजुङ गाउँपालिका-१ मा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठलाई मंगलबार बिहान ६/७ जनाको समूहमा आएका पार्टीका कार्यकर्ताले अपहरण गरेका थिए। त्यसको लगत्तै गाउँलेले ठूलो आवाज सुनेका थिए। अपरिचित समूहले अपहरण गरेको र तत्काल गोली पड्किएको आवाज सुनेपछि गाउलेले खोजी सुरु गरेका थिए।

त्यसको लगत्तै श्रेष्ठको शव घरबाट केही पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो। गोली चलेको आवाज पनि सुनेकाले गोली हानेर हत्या गरेको स्थानीयले अनुमान गरेपनि प्रहरी नायब निरीक्षक को नेतृत्वमा गएको टोली अपराधस्थलमा पुगेर मृतकको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

उनलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए। घटनास्थल मोरङको हो। शिक्षक श्रेष्ठ २०४५ सालदेखि सो स्कुलमा कार्यरत् थिए। अहिले घटनास्थलमा विभिन्न प्रहरी कार्यालयबाट प्रहरी टोलीहरु परिचालन गरिएको कुरा प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।‘सर गाउँको एकदमै मिलनसार मान्छे र राम्रो शिक्षक हुनुहुन्थ्यो, खै किन यसरी मारियो हामी एकदमै अन्योलमा छौं र निकै दुखि छौ’ आफन्त मदन श्रेष्ठले भने। ‘अनुसन्धान सुरु भएको र केहि समय पछि सबै कुरा बाहिर आउने छ’ प्रहरी उपरीक्षक सन्तोष खड्काले भने। श्रेष्ठ सेवाबाट रिटायर्ड हुनै लागेका थिए। सम्पूर्ण नेपालीहरु बिकास र शान्ति चाहान्छन काटमार र युद्ध होइन।ref-onlinekhabar

उक्त समुहले हत्याको जिम्मा लिएको छ।

उक्त समुहले हत्याको जिम्मा लिएको छ।

1 thought on “विप्लव माओबादी द्वारा शिक्षकको घाँटी रेटेर हत्या र हत्याको जिम्मा

  1. do this type of activities help to change the life of people and country. killing innocent teacher accusing them for noting is not political aim. we cannot get political objectives from such activities. so sad . RIP TO YOU

Leave a Reply

Your email address will not be published. Required fields are marked *