Gandaki Chief Minister Gurung resigns after no vote of confidence

विश्वासको मत नपाएपछि गण्डकीका मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त

Breaking News National News News

The Mirror Desk

बिहीबार प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतका प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वतः पदमुक्त भएका छन।

सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए।

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए।

५८ सांसद् उपस्थित रहेको प्रदेशसभामा २७ जनाले मुख्यमन्त्री गुरुङको पक्षमा मतदान गरेका थिए भने ३० जनाले उनको विपक्षमा मतदान गरेका थिए। राष्ट्रिय जनमोर्चाका सांसद् कृष्ण थापाले भने मतदान गर्नुभएन।

गुरुङको पक्षमा नेकपा एमालेका सांसद्ले मतदान गरेका थिए भने विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले मतदान गरेका थिए।

गत वैशाख २७ गते गण्डकी प्रदेश प्रमुख सीतादेवी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । उपधारा ४ बमोजिम मुख्यमन्त्री गुरुङ ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकारका लागि ढोका खुलेको छ।

धारा १६८(५) मा मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ।

[ref-imagekhabar]

हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *