The Mirror Desk
देशको राजनीति निकै कठिन मोडमा पुगेको छ। एकातिर सत्ताको लुछाचुडी छ भने अर्कोतिर सत्तारुढ दल एमाले भित्रको बिबादले कुनै पनि समाधान पाउने सम्भाबना निकै कम छ।
अझ अर्को कुरा त जनताहरु कोरोन भाइरसको महामारीमा फसिरहेको समयमा यस्तो सत्ताको खेल हुनु निकै दुखद कुरो हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको गरेको संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीले अनुमोदन गरेर नयाँ निर्बाचनको घोषणा गरेपछि अबस्था निकै बिग्रियको छ।
यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीबीच हिजो साँझ शितलनिवासमा करिब २ घण्टा लामो छलफल भएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका समयमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको राजनीतिक भेटघाटको सक्रियता बढेको हो।
पार्टी एकताका लागि एमालेका युबा पुस्ताका नेताहरु बीच निरन्तर छलफलमा भईरहेका समयमा नेकपा एमालेका अध्यक्ष ओलीले मुलुकको पछिल्लो रानीतिक अवस्थाका बारेमा राष्ट्रपति भण्डारीसँग छलफल गरेको जनाइएको छ।
समय समयमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री लाई राजनैतिक निर्देशन दिने गरेको कुरा पनि बाहिर आउने गरेको छ।
[ref-imagekhabar]
हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन…
यो भिडियो हेर्नुहोस…
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team