The Mirror
सत्तासिन दल नेपाली कांग्रेसको असन्तुस्ट सतहमा आएको छ।
यसै बीच नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज भेला गर्न लागेका छन।
आइतबार कोइराला पक्षका कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरू भेलामा जुट्ने भएका हुन्।
आज दिउँसो १ बजे कोइरालाको सचिवालय बालुवाटारमा भेला बस्ने एक नेताले बताए।
आजै कांग्रेस पदाधिकारी र सोमबार कांग्रेसले केन्द्रीय समिति बैठक राखेको छ।
उक्त बैठकमा कसरी प्रस्तुत हुने र के-के एजेन्डा राख्ने भन्नेबारे कोइराला पक्षले आज पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरी सामूहिक धारणा बनाउन लागेको ती नेता बताउँछन्।
सभापति शेरबहादुर देउवाले छ महिनाभित्र विधानअनुसार गर्नुपर्ने काम गर्न सकेका छैनन्।
भ्रातृ संस्थामा नेतृत्व दिँदा पनि आफूहरूसँग परामर्श नगरेको आरोप कोइराला पक्षको छ।
सानेपामा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको छ। भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका विधान र उनीहरूलाई मान्यता दिनेलगायत विषयमा पदाधिकारी बैठक बस्ने भएको हो।
[ref-setopati]
अन्तमा यो पनि…