nepali congress

शेर बहादुर देउवाले टिकट खोसे, जनताले मेयर चुने

Business National News News

The Mirror

महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा प्रह्लादकुमार क्षेत्री विजयी भएका छन।

प्रह्लाद त्यही व्यक्ति हुन जसको टिकट कांग्रेस सभापति शेरबहादुर देउवाले खोसेका थिए। त्यो पनि मनोनयन दर्ता गर्ने दिन।

मनोनयन दर्ता गर्ने दिन १२ वैशाखमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर दुई जना मेयरको मनोनयन दर्ता गर्न पुगेका थिए। जसमा एक जना  क्षेत्री थिए भने अर्का चिरञ्जीवी हमाल।

तरपछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले पत्र पठाउँदै हमाल आधिकारिक उम्मेद‍वार भएको पत्र पठाए। आयोगले हमाललाई नै कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गर्‍यो।

टिकट पाए पनि दर्ता गर्ने बेलामा आधिकारिकता नपाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दिए। उनले आफूले मात्र उम्मेदवारी दिएनन् स्वतन्त्रको प्यानल नै बनाए। उपमेयरमा तारा देवी स्वतन्त्रबाट उम्मेदवार बनिन।

१४ हजार २१० मत ल्याएका क्षेत्री आफूले मात्र जितेनन्, उमपेयरमा तारा देवीले पनि जितिन्। उनले ९ हजार ७३६ मत ल्याइन्।

खत्रीकै प्यानलबाट वडा नम्बर १ मा भोला खड्का, ७ मा रामस्वगारथ यादव १३ मा लक्ष्मण सिंह र १४ मा विजयकुमार महतो वडाध्यक्ष निर्वाचित भए।

क्षेत्रीले स्वतन्त्रबाट चुनाव जित्दा कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमाल १२६३ मतसहित चौथो स्थानमा रहे।

उपमेयरमा पनि कांग्रेसकी आधिकारिक उम्मेदवार अमिनकुमारी महतो १७५८ मतसहित चौथौ नै भइन। प्रमुख र उपप्रमुख दुवैमा नेकपा माओवादी केन्द्र दोश्रो र नेकपा एमाले तेश्रो भयो।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *