srilanka

श्रीलंकाद्वारा आफु टाट पल्टिएको औपचारिक घोषणा

Breaking News International News News

The Mirror

हाम्रो छिमेकि रास्ट्र श्रीलंकाले आफू टाट पल्टिएको औपचारिक घोषणा गरेको छ। प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको घोषणा गरे।

विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उनले स्पस्ट परे।

देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताए।

श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन भन्दै उहाँले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको बताए।

त्यहाँको संसदलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले समस्या यो भन्दा चर्कियो भने के हुन्छ भन्न नसकिने पनि स्पस्ट पारे।

श्रीलंकाको आयल निगम उधारोमा चुर्लुम्मै डुबेका कारण इन्धन आयात गर्न नसक्ने अवस्थामा पुगेको छ। सिलोन पेट्रोलियम कोर्पोरेसन ७०० मिलियन डलर ऋणमा रहेको छ।

प्रधानमन्त्रीले भने, ‘त्यसैकारण कुनै पनि मुलुक तथा संस्था हामीलाई इन्धन आपूर्ति गर्न तयार छैनन, उनीहरू नगदमा पनि इन्धन आपूर्ति गर्न हिच्किचाइरहेका छन’।

श्रीलंकाले पछिल्लो समय स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकट सामना गरिरहेको छ। विदेशी मुद्राको अभावसँगै इन्धन आपूर्ति लगभग ठप्प भएको छ भने खाद्यान्न तथा औषधिको चरम अभाव देखिएको छ। दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन कष्टकर बन्दै गएको छ।

कठिन परिस्थितिमा प्रधानमन्त्रीको कुर्सी सम्हालेका विक्रमसिंघले पनि तत्कालै श्रीलंकाली अर्थतन्त्रलाई लिकमा ल्याउन सक्दैनन् भन्ने आलोचकहरूको भनाइ छ।

आलोचनाबाट जोगिन पनि उनले श्रीलंकाली आर्थिक संकट अघिल्लो सरकारकै उपज भएको र त्यसलाई उकास्न आफू लागिपरेको बताउँदै आएका छन।

[ref-imagekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *