The Mirror Desk
आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाले ५१ अर्ब अमेरिकी डलरको वैदेशिक ऋण तिर्न नसक्ने घोषणा गरेको छ। रिपोर्टका अनुसार श्रीलंकाले अहिलेको अवस्थामा अत्यावश्यक वस्तुको आयातका लागि विदेशी मुद्रा सकिएपछि यो ‘अन्तिम उपाय’ भएको बताएको छ।
श्रीलंकाको आर्थिक संकटले देशका दुई करोड जनताको पीडा बढाएको छ, जहाँ सरकार विरोधी प्रदर्शनहरू हप्तौंदेखि चलिरहेको छ। गत वर्ष अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरूले श्रीलंकाको रेटिङ यसरी घटाएका थिए कि श्रीलंकाका लागि विदेशी पुँजी बजारबाट ऋण लिन लगभग असम्भव थियो।
श्रीलंकाको आर्थिक अवस्था हाल विदेशी ऋणसहित गम्भीर संकटमा फसेको विज्ञहरूले बताउँदै आएका छन। सरकारले उपभोक्तालाई नियमित सेवा प्रवाह समेत गर्न नसक्दा राजधानी कोलम्बो सहितका सडकमा हजारौंको संख्यामा आम नागरिकहरू प्रदर्शनमा उत्रिएका छन।
यसैबीच श्रीलंकाले छिमेकी देश चीनसँग पनि थप ऋण सहायता माग गरेको छ। मंगलबार भने विज्ञप्ति जारी गर्दै विदेशी ऋण तिर्न नसक्ने जनाएको हो। अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताइएको छ।

श्रीलंकाले हाल ठूलो मात्रामा आयात रोक्नुका साथै विदेशी मुद्रा सिञ्चिती जोगाउने उपाय खोजिरहेको जनाएको छ। अर्थशास्त्रीहरूले भने सरकारको व्यवस्थापकीय क्षमता कमजोर हुँदा यस्तो अवस्था उत्पन्न भएको टिप्पणी गरेका छन।
श्रीलंकाको आर्थिक अवस्था हाल विदेशी ऋणसहित गम्भीर संकटमा फसेको विज्ञहरूले बताउँदै आएका छन। सरकारले उपभोक्तालाई नियमित सेवा प्रवाह समेत गर्न नसक्दा राजधानी कोलम्बो सहितका सडकमा हजारौंको संख्यामा आम नागरिकहरू प्रदर्शनमा उत्रिएका छन।
[ref-dcnpal and kantipur]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team
अन्तमा यो पनि…