‘सँगै युद्ध लडेका र मसंग असन्तुष्टबाट मलाई मार्ने धम्की आईरहेको छ’:- प्रचण्ड

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष प्रचण्डले आफूलाई आफुसंगै युद्ध लडेका र आफुसंग असन्तुष्ट रहेका समूह बाट खतरा रहेको केहि महिना आगाडी बताएपछि उनको सुरक्षा थ्रेटबारे चासो र चर्चा सुरु भएको थियो। उनले घुमाउरो पारामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएका थिए। त्यसपछि उनले आफूलाई मारेर समस्या समाधान नहुने धारणा एक सार्बजनिक कार्यक्रममा व्यक्त गरेका थिए।

राष्ट्रिय अनुसन्धान विभागको सूक्ष्म अनुसन्धानबाट विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै मुख्य सुरक्षा थ्रेट रहेको जनाइएको छ। यसको कारण विगतमा माओवादी पार्टीप्रति असन्तुष्ट समूह र त्यो समूहलाई परिचालन गर्ने जुनसुकै पक्षबाट पनि उनलाई खतरा हुन सक्छ। अहिले प्रचण्ड प्रति धेरै थरीका समूह र धेरै तरिका बाट खतरा रहेको कुरा बाहिर आइरहेको छ।

केहि दिन अगाडी सरकारले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीहरुको सुरक्षा कटौती गर्ने खबर बाहिर आएको थियो। त्यसपछि बिशेष रुपले प्रचण्डको सुरक्षामा सबैको चासो रहेको छ। अहिले उनले आफै पनि असुरक्षा महसुस गरेका छन्।

[ref-mero-dainiki]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *