संखुवासभामा प्रहरी र विप्लब समूह बीच गोली हानाहान, क्षतिको विवरण आउन बाँकी

National News News

The Mirror Desk

काठमाडौँ, भर्खरै प्राप्त समाचार अनुसार प्रहरी र चन्द माओबादी समूहका कार्यकर्ताबीच संखुवासभामा गोली हानाहान भएको छ।

संखुवासभाको चैनपुर ४ मैदानेमा चन्द माओबादी समूहका कार्यकर्ताहरु र प्रहरीबीच आइतबार गोली हानाहान भएको हो। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार दिउँसो करिब ३ बजेदेखि चन्द समूहक कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको हो। तर पनि क्षतिको कुनै विवरण अहिलेसम्म आएको छैन। उनीहरुको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सो माओबादीका जिल्ला ईन्चार्ज युवराज राईसहित ३ जना मैदानेमा लुकेर बसेको अवस्थामा गस्तीमा रहेको प्रहरीलाई आक्रमण भएपछि प्रहरीले प्रतिकार गरेको थियो। सो समुहका कार्यकर्ताले ६/७ राउन्ड गोली चलाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। प्रहरीले उनीहरुको साथबाट केहि मात्रामा विस्फोटक सामग्री बरामद पनि गरेको जनाइएको छ। भिडन्तपछि उनीहरु जंगलतिर भागेका थिए।

[ref-kantipur]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *