durga paudel

‘संघीयताले देश कंगाल भयो, तुरुन्त खारेज गरौँ’:- दुर्गा पौडेल

National News News

The Mirror Desk

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले संघीयताले देश खोक्रो बन्दै गएकोले खारेजीको विकल्प नभएको बताएकि छन।

आइतबार राष्ट्रिय जनमोर्चा कालीगण्डकीले पुर्तिघाटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले संघीयता जतिसक्दो छिटो खारेज गर्नुपर्ने बताइन।

उनले देशको आर्थिक अवस्था भित्रभित्रै टाट पल्टने अवस्थामा पुगेको बताउदै संघीयताका कारण देशको अखण्डता र राष्ट्रियतासमेत संकटमा परेको स्पस्ट परिन।

उनले भनिन, ‘संघीयता देशले धान्नै सक्दैन, भित्रभित्रै टाट पल्टने अवस्थामा देश पुगेको छ, राष्ट्रियतामाथि संकट आइलागेको छ, अनावश्यक प्रदेश संरचना खारेज गरौँ, स्थानीय तहलाई बलियो बनाऔँ, अब संघीयता खारेजीको विकल्प छैन’।

उनले अबको चुनाबमा देश र जनताको पक्षमा संघर्ष गर्ने पार्टी राष्ट्रिय जनमोर्चा भएकोले जनताले राष्ट्रिय जनमोर्चालाई रोज्नुपर्ने बताइन।

durga paudel

कार्यक्रममा जातीय समता समाजका अध्यक्ष एवम् राष्ट्रिय सभा सांसद तुल प्रसाद विश्वकर्मा (राजेस विक) ले नेपाली जनताहरुले कुन राजनीतिक दल सही हो र कुन राजनीतिक दल गलत हो छुट्टाउनु पर्ने बेला आएको बताउँदै जनताको चेतनास्तर माथि उठ्नुपर्ने बताए।

[ref-yugdarshan]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *