The Mirror
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने बताएका छन।
एक अन्तर्क्रियामा बोल्दै ओलीले संविधान जारी गर्ने समयमा निकै हतार भएको पनि स्वाकारे।
ओलीले भने, ‘जे भए पनि हामीले संघीयता ल्याएको हो, यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका छौं, अहिले नै यो सफल हुँदैन भनेर असफल पार्नेतिर जाने होइन तर व्यवहारिक रूपमा यो असफल नै हुने रैछ भने जति मेहनत गरे पनि हुँदैन,सफल भएन भने परिवर्तन गर्न हामी तयार हुनुपर्छ’।
एक फरक प्रसंगमा के पी ओलीले अहिलेको सरकार कसले चलाउँछ भन्ने प्रश्न उठेको बताए। शेरबहादुर देउवा नेतृत्वको सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भइसकेको दाबी गरे।
उनले देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा तिर संकेत गर्दै भने, ‘ सरकार सरले चलाउनु हुन्छ कि म्याडम भन्नेतर्फ मा जान्न, दिदीले चलाउनुहुन्छ कि भाइले, भिनाजुले चलाउनु हुन्छ कि साला ले’।
ओलीले माओवादी अध्यक्ष प्रचण्ड लाई लक्षित गर्दै भने, ‘कि प्रधानमन्त्री जो सुकै भए पनि सरकार चलाउने मैले हो भन्ने शक्तिले चलाएका छन् कि’।
ओलीले जसले सरकार चलाएको भए पनि संवैधानिक प्रक्रियालाई ध्वस्त पारिएको, भ्रष्टाचार बेलगाम बढेको बताए।
उनले अहिलेको अवस्था निरन्तर रहे देशको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने दाबी गरे।
[ref-setopati]
अन्तमा यो पनि…