mohan bikram

‘संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन गरेर एमाले हराउनुपर्छ’:- मोहनविक्रम

National News News

The Mirror

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाँदा नेकपा एमालेको पहिलो शक्ति बन्ने घोषणा धराशयी भएको बताएका छन्।

एक प्रेस विज्ञप्ति जारी गर्दै उनले पाँच दलीय गठबन्धनको परिणामले महत्व दर्शाउँदै संघ र प्रदेशमा समेत गठबन्धन बनाएर जानुपर्ने बताए। आगामी संघ र प्रदेशको चुनावसम्म गठबन्धन बनाएर गएमा एमाले हार्ने र प्रतिगमन पराजित हुने उनको विश्लेषण छ।

सिंहले विज्ञप्तिमा भनेका छन, ‘पाँच दलीय चुनावी तालमेलको कारणले चुनावमा एमालेलाई धेरै नै धक्का दिन सम्भव भएको छ तर पाँच दलका विभिन्न पक्षहरु मध्ये कतिपय पक्षहरूद्वारा स्वयम् पाँच दलीय प्रतिवद्धतालाई लागू गर्न अपनाइएको ढुलमुल र अवसरवादी नीतिका कारणले प्रतिगमनका विरुद्ध जति उपलब्धि प्राप्त हुन सक्दथ्यो, त्यो हुन नसकेको कुरा प्रष्ट छ’।

उनले अगाडी भनेका छन, ‘यदि स्थानीय चुनावको त्यस प्रकारको अनुभवको सही समिक्षा गरेर त्यसमा समयमा नै सुधार नगर्ने हो भने आगामी प्रदेश र संसदीय चुनावमा पनि प्रतिगमनलाई पूरै पराजित गर्न मुश्किल पर्ने छ’।

[ref-yugdarshan]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *