Agni Sapkota

‘संसदको काम कारबाहीबाट म सन्तुष्ट छैन’:-सभामुख

Breaking News National News News

The Mirror Desk

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट नभएको बताएका छन।

उनले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको र तुरुन्तै सुधार गर्नु पर्ने बताए।

उनले भने, ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन, कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ भन्ने कुरामा म पूर्ण जानकार छु र मेरो इमानका साथ म यसमा केन्द्रित हुनेछु’।

सापकोटाले लोकतन्त्र भनेको अरुलाई उपदेश दिने विषय नभई आत्मसात गर्ने र व्यवहारमा प्रयोग गर्ने विषय भएको बताए।

आफू सभामुख भएको दुई वर्षको समयमा राजनैतिक दलहरुमा आन्तरिक लोकतन्त्र निकै नाजुक र कमजोर भएको पनि उनले बताए।

उनले भने, ‘मैले सभामुखको जिम्मेवारी सम्हालेको करिब २ वर्ष हुन लाग्यो, मलाई गहिरो गरी अनुभूत भएको छ, सबैमा जिम्मेवारी वोध, कर्तव्य वोधको कमीका साथसाथै आन्तरिक लोकतन्त्र कमजोर भएको छ, दल र राजनैतिक व्यक्तिहरुमा पनि त्यस्तै छ’।

[ref-onlinekhabar]

अन्तमा यो पनि
MCC ठिक छ, पारित गरेर देखाईदिन्छौ- झाक्री

Video – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *