‘संसद् जीवित तुल्याउँछु, नयाँ सरकार गठन गर्छु, ओली विरुद्ध कठोर बन्छु’:- प्रचण्ड

National News News

काठमाडौँ, पार्टी विभाजन पछि नेकपाका उच्च तहका नेताहरु निकै तल आएर एक अर्का विरुद्ध बिष बमन गरिरहेका छन्। आफु नै बैधानिक र ठिक भनेर मिडिया बाजी मा ब्यस्त छन। एकले अर्कोलाइ विभिन्न खाले कारबाही पनि गरिसकेका छन्।

यसै बीच ‘प्रचण्ड-नेपाल’ समुहका प्रस्तावित प्रधानमन्त्री प्रचण्डले आफ्नो अबको मिसन भनेको ”संसद् लाई जीवित तुल्याउँने र आफ्नो कमाण्डमा नयाँ सरकार गठन” भएको जनाएका छन्।

उनले आफुले जिबन मरण को दोसादमा रहेर भएपनि ओलीको तानाशाही प्रवृतिको कडा रुपमा प्रतिबाद गर्ने बताए। सरकार बनाउनै नसकेको अवस्थामा बाहेक प्रतिनिधिसभा विघटन गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताए।

उनि बिरुद्ध कदम चाल्दा नेपाल बन्द गर्नु पर्ने पनि हुन सक्छ भन्दै आफुलाई सधै भरी हेपेरै र पेलेरै लागेको दुखेसो पोखे। अब माधब र मैले पार्टी चलाएपछि सबै कुरा हाल भएको र भबिस्यमा पार्टीमा कुनै पनि समस्या नहुने तर्क गरे। उनले भने ”संसदीय दलमा पनि हामी नै वैधानिक छौं र सबैभन्दा ठूलो दल पनि हामी नै हौ”।

[ref-bbc]

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *