The Mirror Desk
टेस्ला तथा स्पेस एक्स कम्पनीका सीईओ एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन। मस्कले हालै सोसल मिडिया कम्पनी ट्वीटरको करीब १० प्रतिशत शेयर खरीद गरी कम्पनीको सबैभन्दा ठूलो शेयरहोल्डर बनेका छन।
त्यतिमात्र होइन मस्कले ४३ अर्ब डलरमा पूरै ट्वीटर कम्पनी नै खरीद गर्ने प्रस्ताव समेत गरेका छन्। मस्कको उक्त प्रस्तावका बारेमा ट्वीटरको बोर्डमा समेत छलफल भएको छ।
२ खर्ब १९ अर्ब डलरका मालिक मस्कले ट्वीटर मात्र होइन हाल आर्थिक संकटमा फसिरहेको मुलुक श्रीलंका नै खरीद गर्न कतिपयले सल्लाह दिएका छन। स्नापडिल कम्पनीका सीईओले मस्कलाई यस्तो सुझाव दिएका हुन।
सीईओ कुणाल बहलले ट्वीटर खरीद गर्नुको साटो श्रीलंका खरीद गरेर आफ्नो नाम ‘सिलोन मस्क’ राख्न पनि मस्कलाई सुझाव दिएका हुन।
उनले ट्वीटरमा लेखेका छन्, ‘ ट्वीटर खरीद गर्न एलन मस्कको प्रस्ताव ४३ अर्ब डलर, श्रीलंकाको ऋण ४५ अर्ब डलर, उनले श्रीलंका खरीद गरेर आफूलाई ‘सिलोन मस्क’ बनाउन सक्दछन’।
स्मरण रहोस् मस्कले गत अप्रिल ४ मा ट्वीटर कम्पनीको ९.२ प्रतिशत शेयर खरीद गरेका थिए। तत् पश्चात् ट्वीटरका सीईओ पराग अग्रवालले एलन मस्कलाई ट्वीटरको बोर्डमा सामेल हुने प्रस्ताव गरेका थिए।
तथापि मस्कले ट्वीटर बोर्डमा सहभागी हुन अस्विकार गरे र एक्कासी ४३ अर्ब डलरमा कम्पनी नै खरीद गरिदिने प्रस्ताव अगाडि सारे।
ट्वीटरमा लगानी गरिसकेपछि आफूलाई हालको अवस्थामा ट्वीटर फस्टाउन नसक्ने र विद्यमान स्वरुपमा सामाजिक अनिवार्यतालाई पूरा गर्न समेत नसक्ने अनुभूति भएको भन्दै मस्कले ट्वीटरलाई एक निजी कम्पनीको रुपमा परिणत गर्नु आवश्यक रहेको बताएका छन।
[ref-onlinekhabar]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team
would be gteat. please help srilanka