unl and maobadi

सत्ता गठबन्धनको निर्णय बिरुद्ध एमाले-माओवादी तालमेल

National News News

The Mirror

देशका प्राय जसो पालिकामा एमाले विरुद्ध सत्ता गठबन्धनबीच तालमेल भए पनि प्यूठानको झिमरुक गाउापालिकामा भने एक अनौठो तालमेल भएको छ।

त्यहाँ प्रतिद्वन्दीहरु एमाले–माओवादी बीच चुनाबी तालमेल भएको छ।

शुक्रबार एमालेले अध्यक्ष र माओवादीबाट उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता भएको हो। सुरुमा एमाले र माओवादी दुवैले अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।

अध्यक्षमा एमालेका हुकुमबहादुर खड्का र उपाध्यक्षमा मनोनयन दर्ता गरेकी माओवादीकी रुपमा जिसीले मनोनयन फिर्ता लिएका हुन। दुवै पार्टीको आन्तरिक सहमतिअनुसार अध्यक्षमा माओवादीका पितबहादुर एमसी र उपाध्यक्षमा एमालेकी बिष्णु घर्तीको उम्मेदवारी कायम राखिएको छ।

त्यस्तै माओवादीले अध्यक्षसहित ३ वटा वडाध्यक्ष, एमालेले उपाध्यक्षसहित ५ वटा वडाध्यक्ष लिने गरी सहमति भएको एमाले झिमरुक गाउापालिका कमिटी अध्यक्ष इन्ऽमणि पोख्रेलले जानकारी दिए।

नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले झिमरुक गाउापालिकामा गठबन्धन गर्दै चुनावी अभियानमा होमिएका थिए।

सत्ता गठबन्धनबाट एक्लिएको माओवादी अन्तिममा एमालेसाग मिलेको हो। सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाबाट अध्यक्षमा टीकाबहादुर जिसी र उपाध्यक्षमा नेपाली कांग्रेसका प्रमोद पोखरेलले उम्मेदवारी दिएका छन।

[ref-ekantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *