The Mirror Desk,
काठमाडौँ, सत्तारुढ दल नेकपा अब पूर्व एमाले र माओबादीमा विभाजित हुने लगभग निश्चित भएको बेला अनेकौ टिका टिप्पणी भैरहेका छन्। ‘प्रचण्ड-नेपाल’ समुहले अब छुटिने निर्णय गरेको छ भने बादल समुहले ओलीकै नेतृत्वमा एमालेमा रहने तर पद त्याग्ने जनाएको छ। ओली समूह निकै उत्साहित बनेको छ। प्रधानमन्त्री के पी ओलीले पुर्ब एमालेको केन्दिय कमिटिको बैठक नै बोलाउने बताएका छन्।
यसै क्रममा सो समुहमा लागेर प्रधानमन्त्रीको तिखो र तितो आलोचना गर्ने पूर्व एमाले रामकुमारी झाक्रीले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा बोल्दै सत्ताका लागि मरिहत्ते गर्नेहरुका लागि संकटका दिन सुरु भएको बताएकी छिन्।
झाक्रीले निर्वाचन आयोगको अकर्मण्यताका कारण दुई दल मिलेर बनेको नेकपा पार्टीको अवस्थामा सर्वोच्च अदालतले हस्तक्षेप गरेकोप्रति आक्रोश व्यक्त गरिन्। उनले भनिन्, ‘निर्वाचन आयोगको अकर्मण्यताले गर्दा मुलुकलाई द्वन्द्वमा फसायो, निर्वाचन आयोगले एक व्यक्तिको पक्षमा फैसला गर्न चाहने, तर कानून र राजनैतिक न्यायको सिद्धान्तको पक्षमा न्याय दिन नसक्नु आयोगको अकर्मण्यता नै हो’।
झाँक्रीले प्रधानमन्त्रीले चालेको पुस ५ गतेको कदम राजा महेन्द्रले चालेको कदम नै रहेको बताउँदै उनले आफू आन्दोलन गरेरै घुँडा टेकाउन सफल भएको बताइन्। उनले नाम र झण्डा भन्दा पनि कम्युनिष्टको सिद्धान्त र विचार आफ्नो लागि प्यारो रहेको बताइन्। उनले भनिन्, ‘हामी सही बाटोमा रहेकोले हाम्रै जीत हुनेछ, सर्वोच्च अदालतको फैसलाले हिजोदेखि सरकारले विश्वासको मत लिनुपर्छ, अब प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्नका लागि मरिहत्ते गर्नुपर्नेछ’।
[ref-Ssandesh]
अन्तमा यो पनि हेर्नुहोस है…
बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons