भजन सिरोमणि भक्तराज आचार्यका दुइ सुपुत्रहरु सत्यराज आचार्य र स्वरुपराज आचार्य खारीएका गायक हरु हुन्। नेपाली युबाहरुसामु अतिनै लोकप्रिय रहेका दाजुभाइ आफ्ना बाबुको अतिनै सम्मान गर्छन र बाबुबाट सिकेको कलालाई दर्शक श्रोता सामु लिएर आइरहेका हुन्छन। उनीहरुका गितहरु निकै नै मनपाराइएको छ। हालसालै मात्र उनीहरुको स्वर र संगीतमा ‘मैसाब’ बोलको गीत ल्याएका छन्। कवाली शैलीको यस गीतको संगीत पनि उनीहरूले तयार गरेका हुन् भने शब्दमा उनीहरूलाई अमृत खतिवडा ‘भान्जाभाइ’ले साथ दिएका छन्। कविराज गहतराजको निर्देशनमा तयार भएको भिडिओमा पल शाह दोहोरो भूमिकामा देखिएका छन्। यो भिडियोमा सिक्कीमेली सुन्दरी छुकिला शेर्पाको समेत अभिनय रहेको छ। गायक स्वरूप आचार्यले यो म्युजिक भिडिओ आफुहरुको सांगितीक करियरमा आजसम्मकै सर्वोत्कृष्ट भिडिओ बनेको बताए।
यौ गीतमा उच्च आदरार्थी शव्दहरु अतिनै मिलाएर प्रयोग गरिएका छन्। म्युजिक भिडियो निकैनै रोयल तामझामका साथ सुटिङ गरिएको प्रस्ट देखिन्छ।”यो हाम्रो तिन वर्षपछिको एल्बम हो” र “सायद हाम्रो जीवनकै सर्वोत्कृष्ट भिडिओ बनेको छ” गाएक स्वरुपराज आचार्य ले भने। हामी उनीहरुको पूर्ण सांगीतिक सफलताको शुभ-कामना ब्यक्त गर्दछौ।soure-setopati