The Mirror Desk,
काठमाडौँ, आईपीएलको पछिल्लो संस्करणमा ‘दिल्ली क्यपिटल्स’ टिमबाट कुनै खेलमा पनि अवसर नपाएका नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाइ टिमले रिलिज गरेको छ। ‘दिल्ली क्यापिटल्स’ ले बुधबार उनलाई फुकुवा गर्ने निर्णय गरेको हो। उनी सन् २०१८ मा दिल्लीमा २० लाख भारुमा आवद्ध भएका थिए।
सन्दीपसँगै इंग्ल्यान्डका ज्यासन रोय, भारतकै मोहित शर्मा, तुसार देशपाण्डे, किमो पाउल र एलेक्स क्यारी पनि मुक्त भएका छन्। सन्दीप सन् २०१८ देखी दिल्लीसँग आबद्ध हुदै आएका थिए। उनले खेलको पहिले सिजनमा तिन खेलमा पाँच विकेट र दोस्रो सिजनको छ खेलमा आठ विकेट लिएका थिए। एकनासको प्रदर्शन गर्न नसक्दा सन्दीपलाई गत सिजन नियमित टिममा स्थान बनाउन मुस्किल परेको अनुमान गरिएको छ।
अब उनले सिजन २०२१ को लागि आइपिएलको कुनै पनि टिममा आफ्नो स्थान बनाउन अक्सनबाट छानिनुपर्ने हुन्छ र सिजन २०२१ का लागि आगामी फेब्रुअरी ११ मा अक्सन हुने सम्भावना रहेको छ।
[ref-setopati n kantipur]
र अन्तमा, डोनाल्ड ट्रम्पको छोटो जीवनी जान्नको लागी यो भिडियो हेर्नुहोला…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020