The Mirror Desk,
काठमाडौँ, इन्डियन प्रिमियर लिगको १४औं संस्करणका लागि मिनी अक्सन बिहीबार चेन्नाईमा हुँदैछ। अक्सनको लिस्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको नाम पनि समावेश छ। केही समयअघि मात्र सन्दीप अष्ट्रेलियामा बिग बास लिग खेलेर स्वदेश फर्किएका थिए। अहिले सबैको मनमा एउटै कुरा खेलिरहेको छ सन्दीप आईपीएलमा छनोट हुन्छन् कि हुँदैनन् वा कुन टिमले सन्दीपलाई किन्ला भने। आईपीएल अक्सनका लागि नेपालबाट सन्दीपसहित ८ खेलाडीले नाम दर्ता गराएका थिए। जसमा मिनी अक्सनका लागि बीसीसीआईले छनोट गरेको २९२ खेलाडीको सूचीमा सन्दीप मात्र समावेश भएका हुन्।
युएईमा सम्पन्न १३औं संस्करणको आईपीएलमा सन्दीपले कुनै खेल खेल्न पाएनन्। त्यसअघिको दुई संस्करण सन्दीपले दिल्लीबाट खेलेका थिए। पछिल्लो समय आईपीएलको फ्रेन्चाइजले विदेशीभन्दा घरेलु स्पिनरहरूलाई बढी प्राथमिकता दिन थालेका छन्। सन्दीपले पनि यो कुरा बुझेका छन्। त्यसैले उनी अक्सनमा जे भएपनि खासै फरक नपर्ने बताउँछन्।
यस्तोमा टिम कम्बिनेसन अनुसार फ्रेन्चाइजले विदेशी खेलाडी छान्नेछ। यसपटक पञ्जाव र मुम्बईलाई सन्दीपलाई लिन सक्ने टिमको रूपमा हेरिएको छ । अब सन्दीप कुन टिममा जानेछन् त्यो थाहा पाउन पनि भोलिको अक्सन कुर्नुपर्नेछ। अक्सन दिउँसो ३ बजे चेन्नाईमा सुरु हुनेछ।
[ref-onlinekhabar]
अन्तमा यो भिडियो पनि हेर्नुहोस है त…
भ्रस्ट नेताहरुप्रति पूर्व खनालको यो आक्रोश तलको भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons