The Mirror Desk,
काठमाडौँ, बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोका मगर आफ्नो सपना पूरा गर्न उनले पढाइ सुरु गरेकी छन्। उनी काठमाडौंको सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस कलेजमा कक्षा ११ मा भर्ना भएकी छन्। चर्चित भएपनि उनका केही सपना किनारमै छुटेका थिए र त्यसमध्ये एक थियो पढाइ जुन उनले अहिले सुरु गरेकी छन्। उनले हिमालयन ह्वाइट हाउस कलेजमा कानुन विषयमा अध्ययन सुरु गरेको कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले बताए।
२०७३ सालमा महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेकी सपना सदरमुकाम म्याग्दी गएर व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएकी थिइन् तर त्यसपछि उनले पढाइ बीचमै छाडेकी थिइन्। पढाइ छाडेर गलत बाटाेमा लागेकी उनी परिवारबाट समेत टाढा भएकी थिइन्। पछि बेवारिसे शव व्यवस्थापनको काममार्फत उनले आफूलाई सामान्य जीवनमा फर्काए पनि पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्।
चार वर्षपछि अध्ययनमा फर्किएकी सपनालाई कलेजले निशुल्क रुपमा भर्ना गरेको हो। पढाइ सुरु गर्न कलेज बुझिरहेकी उनलाई सामाजिक अभियान्ता पुकार बमले ह्वाइट हाउससँग जोडेका हुन्। लकडाउनको समयमा भोका मजदुरलाई पुकारसँगै मिलेर खाना खुवाउने अभियानमा सपना जोडिएकी थिइन्।
[ref-Nkhabar]
हेर्नुहोस उनका कलेजका केहि फोटोहरु र उनको फेरिएको जिन्दगी…










अन्तमा यो पनि…
अहिले ‘सिधाकुरा-जनतासंग’ रविको नयाँ तव नआउने…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020