The Mirror Desk,
काठमाडौँ, बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको र ब्याक मेलिङ्ग गरेर सताउने गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन्। बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना र बस्नेतले संगसंगै बेवारिसे शव जलाउँदै आएका थिए। केहि दिन अगाडी सपनाले आफुमाथी बस्नेतले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। सपनाको उजुरीको आधारमा बस्नेतलाइ नयाँ वसपार्क क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए। बस्नेतले सपनालाई विभिन्न माध्यमबाट धम्की दिदै ‘ब्याक मेलिङ्ग’ गरिरहेका थिए।

सपनाले उनको बारेमा भनिन, ‘धेरैले धेरै पटक मेरो चरित्र हत्या गर्ने कोसिस गर्नुभयो, कतिपय सफल पनि भए, एकचोटि मरेर बाँचिसकेकी मान्छेलाई फेरि किन मार्न खोज्छन् होला भनेर मन त दुख्छ नै, तर पनि हामी कानुनी प्रक्रिया अनुसार नै गयौं, बाबु भनेर धेरै नै इज्जत दिइयो तर उहाँले नै यस्तो कुरा गर्दा एकदमै मन दुख्यो’।
विनयले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको बताउदै ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।
अन्तमा यो भिडियो पनि हेर्नुहोस है त…
नेताहरुले आफुसंग २० करोड घुस मागेको दुर्गा प्रसाइको आरोप…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons