The Mirror Desk,
काठमाडौँ, बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेत विरुद्ध साइबर क्राईमको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ। विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेत विरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।
यसअघि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भएको थियो। बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। त्यही जाहेरीका आधारमा प्रहरीले काठमाडौंको गोंगबुस्थित बसपार्कबाट उनलाई ४ फागुनमा पक्राउ गरेको थियो।
बस्नेतले केही युट्युब च्यालनमा अन्तर्वार्ता दिँदै ‘मेरो मोबाइलमा सपनामा नग्न तस्वीरहरू छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएका थिए। बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए र, काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे।
[ref-onlinekhabar]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons