"I'm watching everything closely, please be patient": - Chief of Army Staff

‘सबैकुरा नजिकबाट हेरिरहेको छु, धैर्य गर्नुहोला’:- प्रधान सेनापति

National News News

The Mirror Desk

प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक मूख्यालय जंगी अड्डामा गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाले देशको वर्तमान राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएका छन्। सैनिक नेतृत्व सम्हालेको एक हजार दिन पूरा गरेको अवसरमा प्रधान सेनापति यस्तो बताएका हुन्।

थापाले भने, ‘राष्ट्रको सुरक्षा सबैको सामुहिक र साझा प्रयासबाट मात्र सम्भब छ, सेनालाई कमजोर नसम्झन र यसको विगतको ईतिहास हेर्न पनि सबैमा अनुरोध गर्दछु’।

उनले थपे, ‘देशमा विकसित राजनीतिक परिस्थिति संवैधानिक तरिकाले नै समाधान होस, अहिलेको यो अवस्थाले निकै ठुलो समस्या पनि ल्याउन सक्छ’।

बिकास निर्माणमा सेनाको सहभागिता बारे पनि उनले स्पस्ट पारे। सेनाले गर्ने विकास निर्माणका कामका क्रममा हुने ठेक्का पट्टाबाट आफुले कहिँ कतै आर्थिक अनियमितता नगरेको पनि दाबी गरे। उनले सेनाका ईञ्जिनियरहरुलाई विकास निमार्णमा लगाउँदा सेनाको क्षमता अभिबृद्धी हुने र यसले देशलाई नै फाइदा हुने बताए।

कार्यक्रममा बोल्दै सेनापति थापा

थापाले आफ्नो नेतृत्वमा सेनाको पुनसंरचनालगायत विभिन्न संगठात्मक संरचनाका काम भएको भन्दै कार्यकालको बाँकी समय पनि राष्ट्रधर्मको रुपमा जवाफदेहिता साथ पूरा गर्ने बताए।

सो पत्रकार सम्मेलनमा थापाको कार्यकालमा भएका कामहरुको संगालो ‘परिवर्तनका पहलकदमीहरु’ नामक पुस्तक पनि सार्वजनिक गरिएको थियो।

सेनाले सरकारको निर्देशन र संविधानको दायरामा बसेर राष्ट्रिय आवश्यकता र राष्ट्रिय स्वार्थबाट फास्टट्राक लगाएतको विकास निमार्णमा हात हालेकोले यसमा व्यापारिक स्वार्थ नभएको पनि उनले स्पस्ट पारे।

[ref-imagekhabar]

हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *