tara air

सम्पर्क विहीन तारा एयरको बिमान मुस्ताङको टिटी भन्ने स्थानमा ‘दुर्घटनाग्रस्त’ हुनसक्ने

National News News

The Mirror

सम्पर्कविहीन भएको तारा एयर (९ एन एइटी कल साइन)को ट्विनअटर बिमान मुस्ताङको खासा जनिकै टिटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ।

वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुसार उक्त जहाज १२ बजे भेटिएको हो।

पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो।

उक्त जहाजमा चालक दलाका सदस्यहरुसहित २२ जना सवार रहेका थिए। उडेकाे २० मिनेटपछि जाेमसाेम पुग्नुपर्ने जहाज सम्पर्कविहीन भएपछि खाेजी गरिएकाे थियाे।

उक्त जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेका थिए। जसमा क्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेको बताइएको छ।

त्यस्तैगरी यात्रुहरु विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेको बताइएको छ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उदारका लागि काठमाडौंबाट हेलिकोप्टर उडिसकेको बताए।

प्रवक्ता सिलवालले भने, ‘उद्दारका लागि काठमाडौंबाट पनि एमआई १७ हेलिकोप्टर गइसकेको छ, थप मान्छेहरू पोखराबाट लिएर घटनास्थलतिर गएको छ, थप खबर आउन बाँकी छ, मौसमको खराबीका कारण केहि ढिलाई भएको छ’।

केहि समय अगाडी मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले भनेका थिए, ‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ, टिटी लेक वरपर खोजिरहेका छौं’।

[ref-news24]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *