Bill Gates gave Melinda 2.4 billion worth of shares

सम्बन्ध विच्छेदपछि बिल गेट्सले मेलिन्डा लाई दिए २.४ अर्ब डलरको सेयर

Business International News News

The Mirror Desk

दुई दिनअघि डिभोर्सको घोषणा गरेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले श्रीमती मेलिन्डाको नाममा २.४ अर्ब डलर बराबरको सेयर दिएका छन्।

उनीहरूले सामाजिक सञ्जालमा २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकै दिन बिलले मेलिण्डाको नाममा यति ठुलो सेयर हस्तान्तरण गरेका हुन्।

मेलिन्डा अब दुई मेक्सिकन कम्पनीहरू बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो सेयर होल्डर भएकी छन्। मेलिन्डाले क्यानडियन नेसनल रेलवे कम्पनी र अटोनेसन इन्कको पनि केही सेयर पाएकी छन्।

डिभोर्स पछि मेलिण्डा ७३ बिलियन डलर सम्पति सहित विश्वकै दोस्रो धनी महिला बनेकी छन।

सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन सन्तान छन्। बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन्। सम्बन्धविच्छेद भए पनि फाउन्डेसनमा उनीहरूले सँगै काम गर्ने छन्।

मेलिन्डाले सन् १९८७ मा माइक्रोसफ्टमा प्रोडक्ट म्यानेजरको रूपमा काम सुरू गरेकी थिइन्। त्यसपछि प्रेममा परेको यो जोडीले सन् १९९४ विवाह गरेको थियो।

त्यसैगरी अर्का अर्बपति अमेजनका मालिक जेफ बेजोस दम्पत्तिको पनि सम्बन्ध विच्छेद भएको थियो। सम्पत्ति यसै गरी भागबण्डा गरिएको थियो।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *