Government can abolish federalism in nepal

‘सरकारले संघीयता खारेज गर्न सक्छ, अनौठो नमान्नु होला’:- देव गुरुङ

National News News

The Mirror Desk

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वर्तमान सरकारले संघीयता खारेजीको घोषणा गरे पनि अनौठो मान्न नपर्ने बताएका छन।

कोरोना भाइरस रोकथामका नाममा जारी भएको निषेधाज्ञा पनि संकटकाल पूर्वको ट्रायल हुनसक्ने उनको गम्भीर आशंका छ।

नेता गुरुङले सरकारप्रति तीखो टिप्पणी गर्दै भने, ‘‘संघीय संसदको बजेट अधिवेशन शुरु गर्ने बेला भयो तर सरकारले कसैसंग पनि केहि सल्लाह गरेको छैन’।

उनले भने, ‘यो कोरोना भाइरस एउटा बहाना बन्न सक्छ, बढाइँचढाइ प्रचारप्रसार हुदै छ, जनतालाई आतंकित पार्ने खालको माहोल बनिरहेको छ, लकडाउन पनि संकटकाल पूर्वको ट्रायल वा परीक्षण पनि हुन सक्छ’।

त्यसो भएको हुनाले हाम्रो खबरदारीबाट संविधान मान्नेहरु पो संविधान कहीं मिचियो कि भनेर सचेत हुन्छ, सतर्क हुन्छ । संविधान नमान्नेलाई जतिसुकै खबरदारी गरे पनि के अर्थ रहन्छ र ?

गुरुङले प्रधानमन्त्री के पी ओलीको निकै तिखो आलोचना गर्दै सबै समस्याको जड प्रधानमन्त्री नै भएको पनि बताए।

[ref-Okhabar]

Why Did Dhurmus Cry ???

Watch This Video

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond – The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *