The Mirror Desk,
काठमाडौँ, राजनितीमा नयाँ ध्रुवीकरण तिब्र गतीमा सुरु हुने संकेत देखा परेको छ। बिप्लब माथीको प्रतिबन्ध फुकुवा गर्न सरकार तयार भएजस्तो देखिन्छ भने विप्लब सरकार संग बार्ता गर्न तयार भएको बताएका छन्। एकै दिन बिराटनगर बाट प्रधानमन्त्री बोल्ने र बिप्लबले बार्ताको निम्ति तयार रहेको बक्तब्य निकाल्ने काम सम्पन्न भएको छ। शनिबार विज्ञप्ति जारी गर्दै विप्लबले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन्।
विप्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो। यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ।
सरकारले चन्द समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइएको छ। केही दिनअघि खानेपानी मन्त्री मणि थापाले चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु कारागार गएर भेटेका थिए । सरकारले २०७५ फागुन २८ मा नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो।
चन्द नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले बिहीबार काठमाडौंमा मोर्चाको औपचारिक घोषणा गरेका हुन् ।[यो समाचार कान्तिपुरमा छापिएको छ]
विप्लबद्वारा जारी विज्ञप्ति…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020