The Mirror Desk
जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत कर लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ। मङ्गलबारदेखि पूर्वाधार उपयोग कर भन्दै नगरपालिले प्रतियात्रु २० लिन थालेको थियो।
जनसाधारणको आवातजावतमा सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा कर लगाउनु अनुचित हुने भन्दै स्थानीयस्तरमा समेत विरोध सुरु भएको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत बिहीबार सार्वजनिकरूपमा यो सुचना समेत सार्बजनिक गरिएको छ।
चैत्राष्टमी पर्वकै दिनबाट शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमा समेत उक्त कार्यको निकै चर्को आलोचना भएको थियो। बुधबार जिल्लामा क्रियाशील विद्यार्थी सङ्गठनहरुले समेत कर लिने निर्णय सच्याउन नगरपालिकालाई दबाब दिएका थिए।
उक्त झोलुङ्गे पुलले पर्यटकीय आकर्षणसमेत थपेको छ। यो पुल सङ्घ सरकारको लगानीमा बनेको हो।
बागलुङ-पर्बत जोड्ने ५६७ मिटर लामो उक्त झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनेर नगरपालिकाले दाबी गर्दै आएको छ।

[ref-annapurna]
At Last Watch This Video Too…
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team