The Mirror
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सर्वोच्चको फैसला बिरुद्ध निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत ‘एयरमार्क’ भइसकेकाले सरकार पछि नहट्ने बताए।
नेकपा (एमाले)का सांसद भीम रावलले कानून परिवर्तन गरेर भएपनि निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताए। सर्वोच्च अदालतको आदेश वेवास्ता गरेर भएपनि निर्माण हुनुपर्नेमा उनको जोड थियो।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताए। राज्यका कुनैपनि निकाय विकासको सहयोगी हुनुपर्ने उनको भनाई थियो।
[ref-imagekhabar]
अन्तमा यो पनि…