The Mirror
यातायात व्यवस्था विभागले साउन १ गतेबाट यातायातमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने जनाएको छ।
के हो इम्बोस्ड नम्बर प्लेट ? सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउँदा के फाइदा हुन्छ?
यसको बारेमा केहि महत्त्वपूर्ण जानकारी पनि हेरी हालौ
इम्बोस्ड एक प्रकारको डिजिटल नम्बर प्लेट हो। विश्वका धेरै मुलुकमा इम्बोस्ड नम्बर प्रयोगमा आएको छ। यो नम्बर प्लेटमा ‘आरएफआइडी’ प्रविधि जडान गरिएको हुन्छ। यो प्रविधि जडान गरिएको सवारीसाधन कुन स्थानमा पुग्यो भन्नका लागि आरएफआइडी गेट बनाइन्छ र सोही गेटमा अटोमेटिक डिटेक्ट भएर सवारीसाधनको तथ्यांक सुरक्षित हुन्छ।
यो नम्बर प्लेट मेसिनबाटै तयार भएर आउँछ। कम्तीमा १० वर्षको आयु हुने यो नम्बर प्लेट सामान्य नम्बर प्लेटभन्दा बलियो र किफायती पनि हुन्छ। विभिन्न नाकामा राखिएको आरएफआइडी गेटमा पुग्ने बित्तिकै २ सय मिटर टाढाको सवारीसाधन पनि आफैँ डिटेक्ट भई डाटा सेन्टरमा बस्ने भएका कारण यो सवारीसाधन कहाँ पुग्यो वा कहाँबाट कहिले कहाँ निस्कियो भन्ने जानकारी सहजै प्राप्त हुन्छ।
यसले गर्दा यो नम्बर जडानपछि सवारीसाधन हराउने समस्या समाधान हुने विश्वास गरिन्छ। जडान गरेपछि झिक्न नमिल्ने भएको कारण पनि ती सवारीसाधन नहराउने विश्वास गरिएको हो।
इम्बोस्ड नम्बर प्लेट भने झन्डै २०० मिटरको दूरीमा समेत प्रकाशमा टल्किएर देखिने गर्छ।
९९ प्रतिशत आल्मोनियमबाट बनेको यो नम्बर प्लेटमा रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरिएको र उक्त प्लेट अन्तर्राष्ट्रियस्तरको हुन्छ।
यसको कडापन एच ४१ र एच ४२ हुनेछ भने मोटाई ०।९८ मिलिमिटर हुनेछ। बेस प्लेटमा स्ट्याम्पिङद्वारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ड रहेको हुन्छ।
प्लेटको बाँया साइडको माथि नेपालको झण्डा र त्यसैको मुनी देश जनाउने गरी अंग्रेजीमा एनइपी र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुन्छ।
प्लेटको माथि प्रदेश जनाउने संकेत अंग्रेजीमा लेखिएको हुन्छ। त्यसको मुनी लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको र सो को मुनी बढीमा ४ अंक लेखिएको हुन्छ।
यो नम्बर प्लेट जडान भएपछि वर्षौंसम्म राज्यलाई सवारी कर नतिर्ने सवारीधनी पनि करको दायरामा आउने र सवारी प्रयोग गरी हुने आपराधिक घटना शून्य हुने सरकारको विश्वास छ।
[ref-himalayatv]
अन्तमा यो पनि…