baburam bhattarai

‘सहमति गरेर तुरुन्त एमसिसी पारित गर्नुपर्छ’:- बाबुराम भट्टराई

National News News

The Mirror Desk

गोरखा आएका जनता समावजादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुले छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्ने बताएका छन्।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘राजनीतिक दलहरुले छिटोभन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ’।

आफ्नो पार्टी जनता समाजवादी एक्लैको निर्णयले एमसिसी पास गर्न सम्भव नभएको पनि उनले बताए।

एमसिसीबारे प्रष्ट्याउँदै उनले भने, ‘एमसिसीले सबै पुग्ने होईन तर खानै नपाउने गरिबलाई एक छाक खान दिएको कुरा खाँदा सन्तोष हुने हो पुरै समस्या हल हुने होईन’

उनले थपे, ‘एमसिसी त्रिपक्षीय चासोको विषय हो, बिदेशी ठुला राष्ट्रलाई नावश्यक ढंगले बिच्क्याउँदा उसले पनि प्रतिशोध राख्न सक्छ, अन्य बैदेशिक सहयोग घट्न सक्छ’।

उनले अगाडी भने, ‘एमसिसीको विषय अहिले गिजोलिएर जनस्तरसम्म भ्रम सिर्जना भएको र ठीक कि बेठीक भन्ने विषयले प्रशय पाएको छ, ‘राष्ट्रिय सहमतिबाट नै यो टुङ्गो लागोस, सम्झौता राष्ट्रिय हितमा हुने गरी यसलाई अघि बढाउनुपर्छ’।

नेकपा एमाले प्रति लक्षित गर्दै उनले भने, ‘सरकारमा छँदा एउटा कुरा सरकार बाहिर रहेपछि अर्को कुरा गर्ने हाम्रो प्रवृत्ति निकै घातक हो’।

[ref-nagarik]

अन्तमा बाबुराम भट्टराईको यो भिडियो पनि हेर्नुहोस

Video Credit -The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *