The Mirror Desk,
दोहा, कुवेतले दिएको जानकारी अनुशार साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न राजी भएको छ। साउदीको यो कदमलाई कतार र विभिन्न खाडी मुलुकहरुबीचको लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ। मंगलबारदेखि हुने भनिएको ‘गल्फ कोअपरेसन काउन्सिल’ को शिखर सम्मेलनको ठिक आगाडी साउदीले कतारमाथिको साढे तीन वर्ष लामो नाकाबन्दी हटाउन तयार भएको हो।

कतारले आतंकबादलाई प्रश्रय दिएको आरोप लगाउँदै साउदी सहित बहराइन, यूएई र इजिप्टले पनि कतारमाथि नाकाबन्दी लगाएका थिए। सानो भए पनि निकै धनी र आर्थिक रुपमा समृद्ध देशका रुपमा आफूलाई उभ्याउन सफल कतारले आतङ्कवादीहरूलाई समर्थन गरेको आरोपको सधैँ खण्डन गर्दै आइरहेको छ। साढे तीन वर्ष लामो गतिरोधको अन्त्य भएको घोषणा कुवेती विदेशमन्त्री अहमद नासिर अल-सबाहले एक टेलिभिजनबाट गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन लागेकाले पनि ह्वाइट हाउसले पनि यसमा निकै चासो देखाएको बिस्लेशक हरु बताउछन।
[ref-bbc]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–