google

‘साबधान गुगलले तपाईंको बेडरुमका अति गोप्य कुराहरु सुनिरहेको हुन्छ’

National News News Science & Technology

The Mirror

के गुगलले तपाईंका कुरा सुन्दछ ? उसो त गुगलमा आवाज सुनेर सोही बमोजिम कार्य गर्ने भ्वाइस असिस्टेन्ट फिचर पनि हुन्छ। जसलाई तपाईं ‘Ok Google’ बोलेर एक्टिभेट गर्न सक्नुहुन्छ।

तपाईं आफ्नो स्मार्टफोनमा माइक्रोफोनको आइकनमा क्लिक गरेर पनि गुगल भ्वाइस सर्चको प्रयोग गर्न सक्नुहुन्छ तर केही प्रयोगकर्ताहरू भने यी सबै नगरेरै पनि गुगलले आफ्ना कुराहरू सुन्ने गरेको गुनासो गर्दछन।

के गुगलले तपाईंका गोप्य कुरा सुन्दछ ?

मानौं कुनै एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले आफ्नो साथीसँग नयाँ कार खरिद गर्ने विषयमा कुराकानी गरेको हुन्छ । अनौठो त के भने अर्को दिन उसको स्मार्टफोनमा इन्टरनेट ब्राउजर तथा फेसबुकमा पनि गाडीहरूका विज्ञापन धेरै देखिन थाल्दछन् ।

यस प्रकारका आशंका र आरोप प्रविधि कम्पनीहरूमाथि धेरै पटक लाग्ने गरेका छन् । सन् २०१६ मा बीबीसीका संवाददाता जो क्लेनम्यानले त्यस्तैखाले घटना भोगको दाबी गरेका थिए ।

कसरी आफूले आफ्नो एकजना साथी कार दुर्घटनामा मारिएको कुरा गरेको र लगत्तै त्यस बारेमा विस्तृत जानकारीहरू आफ्नो मोबाइलको गुगलमा पनि देखिएको उनले उल्लेख गरेका थिए ।

हुनत यस्ता खालका घटनाहरू धेरै हुने गरेका छन् । हरेक दिन कोही न कोही प्रयोगकर्ताहरूले यस्तो अनुभव गर्ने गरेका छन् । त्यसैले गुगलले आफ्ना कुराहरू सुनिरहेको उनीहरूको गुनासो हुन्छ ।

आफूले कुनै विषयमा छलफल गरेसँगै त्यहीँ विषयका विज्ञापन गुगलले देखाउने गरेको हुन्छ । के यो फगत एक संयोग हो वा गुगलले वास्तवमै हाम्रा कुराहरू सुनिरहेको हुन्छ ?

अब के गर्ने ?

यसरी आफूले कुराकानी गरेकै विषयका विज्ञापन गुगलमा देखिनु संयोग हुनसक्दछ । गुगल प्राइभेसी पोलिसीका अनुसार प्रयोगकर्ताको अनुुमतिविना कम्पनीले हाम्रा कुराकानीहरु रेकर्ड गर्दैन। गुगल तथा फेसबुक दुबै कम्पनीहरूले उनीहरूले प्रयोगकर्ताहरूको स्मार्टफोनको माइक्रोफोन प्रयोग गरेर गोप्य रुपमा प्रयोगकर्ताका जानकारीहरू एकत्रित नगर्ने प्रष्ट पारिसकेका छन् तर फेसबुक तथा गुगल जस्ता कम्पनीहरुले विज्ञापनिक प्रयोजनका लागि प्रयोगकर्ताका आवश्यकताहरू पहिचान गर्न चाहने कुरा त हामीलाई थाहै छ।

त्यसैले यदि तपाईंलाई गुगलप्रति शंका छ र तपाईंका बेडरुमका कुरासमेत गुगलले सुनिरहेको हुन्छ भन्ने लाग्दछ भने आफ्नो जीवनलाई गुगल मुक्त गर्न सक्नुहुनछ।

यसका लागि तपाईंले DuckDuckGo लगायतका अन्य यस्ता ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईंलाई ट्रयाक गर्दैनन्। यसमध्येको अर्को सुरक्षित ब्राउजर Brave पनि हो। यी ब्राउजरमा कुनै विज्ञापन देखिँदैन।

कुराकानी गरेको विषयका विज्ञापन किन देखिन्छन् गुगल, फेसबुकमा ?

फेसबुकका अनुसार माइक्रोफोन डाटाको आधारमा विज्ञापन देखाउने कार्यमा उसले विज्ञापनदाताहरूमाथि बन्देज नै लगाएको छ। गुगलको दाबी पनि त्यहीँ नै छ तर यति हुँदाहुँदै पनि स्मार्टफोन प्रयोगकर्ताले गरेका कुराकानीकै विषयमा विज्ञापनहरू आकस्मिक ढंगले किन ब्राउजरमा देखिन्छन् ? सम्भवतः डिभाइस सिंकका कारण यस्तो भएको हुनसक्ने विज्ञहरू बताउँछन्।

किनकि हामीले विभिन्न डिभाइसमा आफ्नो एउटै अकाउन्ट प्रयोग गरिरहेका हुनसक्छौं । यस्तोमा कुनै एक डिभाइसमा हामीले कुराकानी गरिरहेकै विषयमा अगाडि नै डिटेल सर्च गरेका हुनसक्दछौं । सोही अनुसार हाम्रो स्मार्टफोनमा उक्त विषयका विज्ञापन देखा परेका हुनसक्दछन् ।[यो समाचार onlinekhabar मा छापिएको छ]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *