samsung tv

‘सामसङको टीभी अब नेपालमै बन्ने’

National News News Science & Technology

The Mirror

बिश्व प्रसिद्द ब्रान्ड सामसङको ‘एलईडी’ टीभी अब नेपालमै बन्ने भएको छ।

गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्स र सामसङको सहकार्यमा सामसङ एलईडी टीभी नेपालमै बन्न लागेको हो।

त्यसका लागि पश्चिम नवलपरासीको भूमहीमा उद्योगको स्थापना गरिने छ। बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कले उद्योगको शिलान्यास गरे।

पश्चिम नवलपरासीकोभूमहीमा बन्ने सामसङकोएलईडी टीभी एसेम्बल उद्योग शिलान्यास कार्यक्रममा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूलगायत।

मन्त्री बडूले नेपाल सामसङका उत्पादनको ठूलो आयातकर्ता भएको बताउँदै नेपालमा थप लगानी गर्न आग्रह गरे। एसेम्बल, प्रविधि आदानप्रदान नेपालका लागि कोसेढुंगा सावित हुने छ।

उनले भने, ‘यसले नेपालमा रोजगारीको अवसर सिर्जना हुनुका साथै एफडीआई ल्याउन पनि मद्दत पुग्छ, सामसङलाई लगानी बढाउन आग्रह गर्छु, वैदेशिक लगानीको संरक्षण सरकारले गर्छ’ ।

सामसङका लागि दक्षिण पश्चिम एसिया हेर्ने क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङले टीभी एसेम्बलिङले नेपालमा रोजगारीसँगै लगानीको पनि अवसर खुला हुने बताए।

उनले भने, ‘सन् १९९७ देखि नेपालमा व्यापार सुरुवात गरेका थियौं, लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर स्थापना गर्न लागिएको एलईडी टीभी एसेम्बल उद्योग कोसेढुंगा सावित हुनेछ, उद्योगबाट दक्ष जनशक्तिसमेत उत्पादन हुनेछन् । लगानीको अवसर पनि खुल्दै जानेछ’।

गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले एसेम्बल उद्योगको स्थापनाले नेपालमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि हुने आशा व्यक्त गरे।

प्रतिदिन १ हजार टीभी उत्पादन गर्ने लक्ष्य राखिएको छ । सुरुमा प्रतिदिन ५० देखि १ सय टीभी उत्पादन गरिने र उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि प्रतिदिन १ हजार वटा उत्पादन गरिने छ।

भूमहीमा रहेको ४ बिघा जग्गामा बन्ने उद्योगबाट सन् २०२३ देखि उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ।

[ref-ekantipur]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *