The Mirror Desk,
काठमाडौँ, फिल्म करिअरमा त्यति सफल नभएपछि नायिका रिमा बिश्वकर्मा रियालटी शो ‘नेपाल आइडल’ र ‘कमेडी च्याम्पियन’ तिर उद्घोषण गर्न थालिन र यी दुइओटा रियालटी शोहरुले उनलाई निकै उचाइमा पुर्यायो। अभिनयभन्दा पनि कार्यक्रम उद्घोषण कलाको कारणले उनि अहिले निकै चर्चामा छिन्। ‘नेपाल आइडल’ छोडेर उनि ‘कमेडी च्याम्पियन’ तिर लागेपनि खासै नराम्रो भएको छैन उनलाई। तर अहिले उनि म्युजिक भिडियो मा अलि ब्यस्त देखिन्छिन।
तर उनी जहाँ जहाँ रहन्छिन त्यहाँ त्यहाँ एउटा प्रश्न आइरहन्छ त्यो हो ‘बिहे कहिले गर्ने’? अहिले उनले सो प्रश्नको जबाफ पनि दिने गरेकी छन्। उनको जबाफ छ, ”हतारमा रिलेसनसिपमा बस्नु राम्रो हुँदैन त्यसैले मैले यो फैसला समयलाई छाडेकि छु, ‘सिंगल हुँदैमा मरिँदैन, केहि फरक पर्दैन”। उनले २०७२ सालमा रोवर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् तर सो विवाह दुई बर्षभन्दा बढी टिक्न सकेन र डिभोर्स भयो। त्यसपछि उनी सिंगल रहदै आएकी छन्। उनको लेखाइले उनी सिंगलमै खुसी रहेकी छ भनेर बुझ्न सकिन्छ। उनले अभिनय गरेको फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनको तयारीमा रहेको बुजिएको छ।
[ref-gchaddke]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–