The Mirror Desk,
सिके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन आज सूचना जारी भएको छ।
नवलपरासी जिल्ला अदालतले सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको छ। सिके राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मुलधारको राजनीतिमा आएको थियो।
रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ।
बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउनसमेत सूचनामा उल्लेख छ। हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ।
सिके राउत जनमत पार्टीका प्रमुख हुन।
[ref-setopati]
बाबुराम भट्टराईले राजतन्त्रको बारेमा के भने…?
हेर्नुहोस यो भिडियो…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team